एनपिएलः पोखरा तीन विकेटले पराजित, लुम्बिनीको प्लेअफ सम्भावना कायम

काठमाडौँ, १३ मङ्सिर – नेपाल प्रिमियर लिग (एनपिएल) को बिहानको खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा प्रवेश गर्ने सम्भावनालाई जीवित राखेको छ।

पहिला चार खेलमध्ये तीनमा पराजित लुम्बिनी आजको पाँचौँ खेलमा ‘करो या मरो’ परिस्थितिमा उत्रिएको थियो। जितसँगै लुम्बिनीले पाँच खेलमा चार अंक जोड्दै अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।

हार बेहोरे पनि पोखराको प्लेअफ यात्रा भने सम्भावनाबाट बाहिरिएको छैन। पोखराले चार खेलमा एक जितसहित दुई अंक बटुलेको छ।पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो।

कप्तान रोहित पौडेलले ४० रनको उत्कृष्ट पारी खेले भने निरोशन दिकवेल्लाले ३७ तथा सन्दीप जोराले २५ रनको योगदान दिए। बलिङतर्फ पोखराका विपिन खत्री, मार्क टेलर र सागर ढकालले दुई÷दुई विकेट लिए। जिमी निशमले एक विकेट झारे।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा पाँच विकेटको क्षतिमा १५० रन बनायो। सुरुआत कमजोर रह्यो—१५ रन मै दिनेश खरेल र कप्तान कुशल भुर्तेल आउट भए। सुमित वर्मा खाता खोल्न नसक्दा तृतराज दास एक रनमै फर्किए।

तर सातौँ नम्बरमा आएका जिमी निशम र ओपनर एडम रोसिङटनले पाँचौँ विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गर्दै पारी सम्हाले। रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकासहित ८१ रन प्रहार गरे। निशमले तीन छक्का र तीन चौकासहित ५१ रन जोडे।

लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई÷दुई विकेट लिए भने गुलबदिन नाइबले एक विकेट हात पारे। आजैको दोस्रो खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुनेछ।

Facebook Comments Box