सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार खर्ब ३० अर्ब

काठमाडौँ, २ मङ्सिर – सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) चालु आर्थिक वर्षमा करिब रु चार खर्ब ३० अर्ब पुग्ने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेश आर्थिक गतिविधि अध्ययन, २०८१/८२ अनुसार प्रदेशको जिडिपी वृद्धि दर ३.२८ प्रतिशत रहने संशोधित अनुमान गरिएको हो।

प्रतिवेदनका अनुसार यस वर्ष सुदूरपश्चिमले देशको कूल गार्हस्थ्य उत्पादनमा ७.०३ प्रतिशत योगदान गर्ने छ। बृहत् औद्योगिक वर्गीकरणअनुसार प्रदेशको जिडिपीमा सबैभन्दा धेरै ३४.७२ प्रतिशत योगदान कृषि, वन तथा मत्स्यपालन क्षेत्रको रहने अनुमान गरिएको छ। त्यस्तै, सबैभन्दा कम ०.१३ प्रतिशत योगदान प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको हुने बताइएको छ।

आर्थिक वर्ष २०८०/८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्रकै योगदान अग्रस्थानमा (३३ प्रतिशत) रहेको थियो भने प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रकै योगदान सबैभन्दा कम (०.१३ प्रतिशत) थियो।

प्रदेशको आर्थिक सूचकांक

आर्थिक वर्ष २०८१/८२ मा—

  • कुल गार्हस्थ्य उत्पादन: रु ४ खर्ब ३० अर्ब

  • उपभोक्ता मूल्यमा वृद्धि दर: ३.३२%

  • आधारभूत मूल्यमा वृद्धि दर: २.७१%

आधारभूत मूल्यका क्षेत्रमा—

  • प्राथमिक क्षेत्रको वृद्धि: २.८%

  • द्वितीय क्षेत्र: २%

  • तृतीय क्षेत्र: २.९%

कृषि उत्पादनको अवस्था

समीक्षा वर्षमा प्रमुख कृषिबालीले ढाकेको भू–क्षेत्र २.१६% बढेको छ।
उत्पादन भने २.७७% वृद्धि भएको देखिन्छ।

कृषिमा प्रमुख परिवर्तन—

  • तेलहन उत्पादन: १८.८९% वृद्धि

  • आलु उत्पादन: १६.११% वृद्धि

  • फापर उत्पादन: ७७.८८% कमी (सबैभन्दा धेरै ह्रास)

पशुपालन क्षेत्रमा—

  • माछा: १०.३६% वृद्धि

  • मासु: ०.७९% वृद्धि

  • ऊन: ३.२७% वृद्धि

  • अण्डा: १.७६% वृद्धि

प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित कर्जाको हिस्सा १०.१४% रहेको छ। २०८२ असार मसान्तसम्म कृषिमा प्रवाह भएको कर्जा अघिल्लो वर्षको तुलनामा ३.४१% घटेर रु १५ अर्ब ९६ करोड ४२ लाख पुगेको छ।

उद्योग तथा सेवा क्षेत्र

प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ३४.४७% मात्र रहेको छ। समग्र रुपमा उत्पादनमा माग घटेकाले औद्योगिक वस्तुको उत्पादनमा कमी आएको प्रतिवेदनले देखाएको छ।

उद्योग क्षेत्रमा—

  • कर्जा प्रवाहको हिस्सा: १६.९७%

  • कर्जा वृद्धि: ४.३७% (रु २६ अर्ब ७२ करोड ३ लाख)

होटल व्यवसायमा नमुनाका १० होटलको औसत अकुपेन्सी ३६.४०% रहेको छ।

घरजग्गा क्षेत्रमा—

  • दर्ता संख्या: ३७.५०% वृद्धि

  • राजस्व: ३७.६२% वृद्धि

बैंकिङ तथा वित्तीय क्षेत्र

  • कुल निक्षेप: १६.३०% वृद्धि

  • कर्जा प्रवाह: २.९८% वृद्धि

  • सेवा क्षेत्रमा कर्जाको हिस्सा: ७२.८८%

सरकारी खर्च

सुदूरपश्चिम प्रदेश सरकारद्वारा—

  • चालु खर्च कार्यान्वयन: ७५.६६%

  • पुँजीगत खर्च कार्यान्वयन: ६६.४७%

समग्रमा, कृषि क्षेत्रमा उत्पादन वृद्धि भए पनि उद्योग तथा सेवा क्षेत्रको गति अपेक्षाकृत सुस्त देखिएको प्रतिवेदनले निष्कर्ष निकालेको छ।

Facebook Comments Box