काठमाडौँ उपत्यकामा यस वर्षकै न्यूनतम तापक्रम रेकर्ड

काठमाडौँ, मंगलबार: काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम यस वर्षकै कम १०.१ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले  जानकारी दिनुभयो। मौसमविद् दाहालका अनुसार यसअघि सबैभन्दा कम तापक्रम हिजो ११ डिग्री सेल्सियस मापन भएको थियो।

उहाँले भन्नुभयो, “आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन हुनेछ। त्यसअघि अझ घट्ने सम्भावना छ, वा यहीँ रहन पनि सक्छ।” आज काठमाडौँ उपत्यकामा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

Facebook Comments Box