तिहारमा पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह
काठमाडौँ, १ कात्तिक — नेपाल राष्ट्र बैंकले तिहार बिदाका क्रममा भाइटीकाको दिन बाहेक अन्य दिन पनि बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ। केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण र आपूर्ति प्रणालीलाई निरन्तर सञ्चालनमा राख्न बैंकिङ सेवा सक्रिय राख्न अनुरोध गरेको हो।
त्यसैगरी, राष्ट्र बैंकले आज शनिबार ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (RTGS) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जानकारी पनि दिएको छ।
Facebook Comments Box

