तुइनखोलानजिकैको पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक खुल्यो
भरतपुर, १० असोज – तुइनखोलानजिकै गएको पहिरो पूर्ण रूपमा हटाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानदेखि दुवैतर्फ सवारीसाधनका लागि खुला गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरले बिहीबार राति १०ः४५ बजे जारी गरेको सूचनामा उल्लेख छ,
“मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाई यातायात आवागमन दुवैतर्फी सञ्चालनमा आएको जानकारी गराइन्छ।” सडक पुनः खुल्दा यात्रु र सवारीसाधन सञ्चालकहरूले सहजतापूर्वक आवतजावत गर्न सक्ने भएका छन्।
Facebook Comments Box

