खोलामा डुबेर चार किशोरको मृत्यु

कैलाली, १२ भदौ

कैलालीको गोदावरी नगरपालिका–१० हाटखोलीस्थित खुटिया खोलामा पौडी खेल्ने क्रममा डुबेर चार किशोरको मृत्यु भएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार मृत्यु हुनेहरूमा धनगढी उपमहानगरपालिका–४ रातोपुलका १७ वर्षीय जाबेज भण्डारी, १५ वर्षीय जेब भण्डारी, धनगढी–५ तरानगरका १५ वर्षीय सक्षम जोशी र १७ वर्षीय प्रतिक चौधरी रहेका छन्।

घटनापछि प्रहरी टोली मालाखेती र स्याउलेबाट खटिएको थियो। खोजतलासीको क्रममा घटनास्थल नजिकै खोलामै चारै जनाको शव फेला परेको डीएसपी चन्दले जानकारी दिनुभयो।

उनीहरुसँगै खोलामा गएका अन्य तीन किशोर भने सकुशल घर फर्किएका छन्। धनगढी बजारदेखि करिब १८ किलोमिटर उत्तर चुरे फेदमा पर्ने खुटिया खोलामा किशोरहरूको समूह नुहाउन गएका थिए।

Facebook Comments Box