इन्टरपोल रेड नोटिसमा रहेका कृष्ण सुनार कुवेतमा पक्राउ
काठमाडौँ, १२ भदौ
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गरिएका सुर्खेत भेरीगङ्गा नगरपालिका–२ का कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरी स्वदेश ल्याइएको छ।
कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा पक्राउ परेका सुनारलाई बुधबार नेपाल ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। सुनारलाई कानूनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइने प्रहरीले जनाएको छ।
Facebook Comments Box

