कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २५ साउन
मनसुनको न्यूनचापीय रेखा अहिले देशको सामान्य स्थानमा अवस्थित छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभरि सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरू र मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी र तराई भूभागका केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ । विशेष गरी कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ भने मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने बताएको छ।

