आजको मौसम : मनसुनी वायुको प्रभाव कमजोर

काठमाडौँ, ११ साउन — हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

पहाडी भू–भागका केही स्थान र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ भने मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ ।

राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरू र बाँकी तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना पनि महाशाखाले जनाएको छ ।

Facebook Comments Box