महाकाली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
कञ्चनपुर, २८ असार – भारतस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खुल्ने भएपछि महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले शुक्रबार राति १२ बजेदेखि शनिबार अपराह्न १२ बजेसम्म बाँधको ढोका खुला रहने जानकारी दिँदै त्यसले महाकाली नदीको जलसतहमा अचानक वृद्धि हुने सम्भावना रहेको जनाएको हो।
यस कारण तटीय क्षेत्रका बासिन्दालाई आइतबार बिहानसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। धौलीगङ्गा पावर स्टेशन (एनएचपीसी) ले पनि एक सूचना जारी गर्दै अत्यधिक जलसञ्चय भएको र सल्ट सरसफाइका लागि आकस्मिक रूपमा बाँध खोल्नुपरेको जनाएको छ।
Facebook Comments Box

