तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने

काठमाडौं, २० चैत – सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो । उनीहरु दुवैको पोस्टमार्टम भइसकेको छ । पोस्टमार्टम रिपोर्ट अनुसार रजकको शरिरमा कुनै गोली नभेटिएको चिकित्सकले बताएका छन् ।

महर्जनको भने शरिरमा एउटा गोली लागेको भेटिएको थियो ।सविनको मंगलबार नै दाहसंस्कार गरिएको छ । रजकको आज दाहसंस्कार हुने बताइएको छ ।

Facebook Comments Box