दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु
काठमाडौँ, १४ पुस – दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना भएको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोकिएको अनुमान गरिएको छ। सामाजिक सञ्जालमा दुर्घटनाको भिडिओ भाइरल भइरहेको छ, जसमा विमान विस्फोट भएको देख्न सकिन्छ। दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने यकिन भएको छैन।
तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सप्रेसले अहिलेसम्म २८ जनाको मृत्यु भएको जनाएको छ। समाचार एजेन्सी योनहापका अनुसार दुर्घटनाको कारण चराहरूसँग विमान ठोक्किएको देखिन्छ। योनहेपले फायर डिपार्टमेन्टलाई उद्धृत गर्दै उद्धार एजेन्सीले विमानको पछाडिबाट यात्रुहरूलाई बाहिर निकालेको बताएको छ।
Facebook Comments Box

