बस र मोटरसाइकल ठोक्किदा एकको मृत्यु
काठमाडौँ, १९ कात्तिक – मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटोमा आज मोटरसाइकल र बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्य भएको भएको छ । भक्तपुरबाट काठमाडौैर्फ जादै गरेको बा प्र ०१–००६ख २९९६ नं को मयुर यातायातको बस र सोही दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२८प ०५३९ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा
मोटरसाइकलको पछाडि सवार चाँगुनारायण—७ बागेश्वरी बस्ने ४५ वर्षीय अप्सरा फुयालको मृत्युु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते उहाँको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस र मोटरसाइकलसहित दुवै चालकलाई नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box

