अविरल वर्षापछिको बाढीले सिन्धुलीको खुर्कोट बसपार्क डुबान, पहिरोका कारण बीपी राजमार्ग अबरुद्ध
काठमाडौंँ, १२ असोज – अविरल वर्षापछिको बाढीले सिन्धुलीको खुर्कोट बसपार्क डुबानमा परेको छ । बसपार्कसहित आसपासका घरहरुमा समेत पानी पसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार घरहरु डुबानमा परेपनि हालसम्म कुनै मानवीय क्षति भने भएको छैन ।
सुनकोसीमा आएको भिषण बाढीका कारण डुबानको समस्या आएको प्रहरीको भनाइ छ । बाढी र ठाउँठाउँको पहिरोका कारण बीपी राजमार्ग समेत अबरुद्ध बनेको छ ।
Facebook Comments Box

