झापाको बी एण्ड सी मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि ५० सिट पायाे
काठमाडौँ, २२ भदौ – चिकित्सा शिक्षा आयोगले शुक्रबार एमबीबीएस अध्यापनका लागि कलेजहरूको सिट निर्धारण गरेको छ । जसमा झापाको बी एण्ड सी मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि ५० सिट पाएको छ ।
सर्वोच्च अदालतले आदेश दिएपछि बी एण्ड सीले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएको थियो । यस्तै राप्ती र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि ५०–५० सिट छुट्याइएको छ । तर दुवैका लागि अर्थ मन्त्रालयले सञ्चालन सहमति दिनुपर्ने शर्त छ ।
Facebook Comments Box

