सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल, मिडिया विधामा च्याम्पियन

काठमाडौँ, १९ जेठ – सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल, मिडिया विधामा च्याम्पियन बनेको छ। स्वीट्जरल्यान्डको जेनेभामा शुक्रबार आयोजित विशेष कार्यक्रममा अकोराबका कार्यकारी निर्देशक प्रमोद तण्डुकारले च्याम्पियनको प्रमाणपत्र ग्रहण गर्नुभएको हो।

संयुक्त राष्ट्र संघको सूचना तथा सञ्चार प्रविधि सम्बन्धी विशेष निकाय इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले प्रदान गर्ने डब्ल्यूएसआईएस २०२४ अन्तर्गत मिडिया विधामा अकोराबले उपाधि पाएको हो। आईटीयूले सूचना तथा सञ्चार प्रविधिलाई उपयोग गर्दै दिगो विकासको लक्ष्य हासिल गर्न विश्वभर गरिएका पहलमध्ये उत्कृष्टलाई सन् २०१२ देखि यो उपाधि प्रदान गर्दै आएको छ।

२०८० सालको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएपछि सामुदायिक रेडियो प्रसारक संघले यूएनडीपी र यूनेस्कोको सहयोगमा विशेष कार्यक्रम गरेको थियो। यो सम्मानले सामुदायिक रेडियोलाई थप हौसला मिलेको अकोराबका कार्यकारी निर्देशक तण्डुकारले बताउनुभएको छ।

Facebook Comments Box