समावेशी आयोगमा रिक्त हुन लागेको अध्यक्ष पदका लागि इच्छुक उम्मेदवारबाट आवेदन माग

काठमाडौं, २० चैत – संवैधानिक परिषदले राष्ट्रिय महिला आयोगमा रिक्त एक सदस्य र राष्ट्रिय समावेशी आयोगमा रिक्त हुन लागेको अध्यक्ष पदका लागि इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको छ । राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पद आगामी वैशाख २ गतेदेखि रिक्त हुँदै छ । त्यसैले परिषदले अभिलेख राख्ने प्रयोजनका लागि भन्दै नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपालीहरुबाट आवेदन माग गरेको हो ।

आवेदन आज सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बुझाउनुपर्ने छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटको ‘सूचना तथा समाचार’ खण्डभित्र उपलब्ध फारम भरी विद्युतीय प्रतिसहित बुझाउन वा संवैधानिक परिषदको सचिवालयको इमेल ठेगानामा sambaidhanik@opmcm.gov.np मा पठाउन भनिएको छ । एकभन्दा बढी पदका लागि आवदेन गर्ने भएमा सोको प्राथमिकतासहित छुट्टाछुट्टै फारम बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

Facebook Comments Box