लुम्बिनी एफसीमाथि १-० को जितसँगै पोखरा थन्डर्स प्ले अफमा पुग्याे
काठमाडौँ ३ पुस – नेपाल सुपर लिग एनएसएल फुटबलमा बुटवल लुम्बिनी एफसीमाथि १-० को जितसँगै पोखरा थन्डर्स प्ले अफमा पुगेको छ । पोखराको ७ खेलबाट १४ अंक भएको छ र उ पहिलो स्थानमा उक्लिएको छ ।
काठमाडौंको दशरथ रंगशालामा पोखरालाई जिताउन खेलको एक मात्र गोल मोसेस ग्याबाहले दोस्रो हाफको इन्जुरी समयमा गरे । हारपछि बुटवलको प्ले अफ संभावना कमजोर भएको छ । बराबरीपछि बुटवल ७ अंकसहित अंक तालिकाको छैटौं स्थानमा कायम छ ।
Facebook Comments Box

