बेलायती कम्पनीलाई सेयर बेचेर एक्जियटा ऐनसेलबाट बाहिरियाे
काठमाडौं, १५ मंसिर – बेलायती कम्पनीलाई सेयर बेचेर एक्जियटा ऐनसेलबाट बाहिरिएको छ। मलेलियाको एक्जियटा बरहाद ग्रुप आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेर नेपालबाट बाहिरिएको हो।
बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडसँग रेनोल्डस् होल्डिङ लिमिटेडको सम्झौता भएको छ। रेनोल्डस् एक्जियटा ग्रुप अन्तरगर्तकै कम्पनी हो।
स्पेक्ट्रलाइट दुई महिनाअघिमात्रै खुलेको कम्पनी हो। २६ सेप्टेम्बर २०२३ मा खुलेको यो कम्पनीको कार्यालय लन्डनमा छ। कम्पनीको निर्देशक सतिशलाल आचार्य हुन्। ऐनसेलमा सतिशलालकै कम्पनीको २० प्रतिशत सेयर समेत छ।
एक्जियटाले नेपालबाट बाहिरिनुको कारण नेपालको व्यवसायीक वातावरण, अस्पष्ट कर र नियमनको अनिश्चिता देखाएको छ। एक्जियटा २०१६ मा १.३६ विलियन डलरमा एनसेलको सेयर खरिदगरी नेपाल प्रवेश गरेको थियो।
६ अर्ब ६६ करोड बराबरको सेयर बेचेर नेपालबाट बाहिरियो एक्जियाटा सन् २०१६ देखी २०२० सम्म ४७ अर्ब नेपाली रुपैयाँ पूँजीगत लाभकर तिरेको उल्लेख गरेको छ।
एक्जियटाका प्रमुख कार्यकारी अधिकृत विवेक सूदले एनसेलमा मेहनती कर्मचारी भएपनि व्यवसायीक चुनौतीको कारण बाहिरिएको बताएका छन्। उनले २०२९ मा एनसेलको लाइसेन्स सकिने र नियामकको अनिश्चिताको कारण बाहिरिएको बताएका छन्। ‘एनसेलको पूर्ण दायत्व खरिद कर्ताको हुने छ,’ सूदले भनेका छन्।

