जनकपुरमा एक युवकको शव फेला, हत्याको आशंका
जनकपुर, ९ कात्तिक – जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवक आज बिहान मृत फेला परेको हो । मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार मुखमा रगत देखिएको छ र घटनास्थलको प्रकृतिले मृत्यु शंकास्पद देखिएको छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको उनले बताए । हत्या घटना रातिकै हुन सक्ने प्रहरीको अनुमान छ ।
Facebook Comments Box

