उपरथी बाबुराम श्रेष्ठको लेखन रहेको राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना बोलको गीत प्रधान सेनापतिबाट सार्वजनिक

काठमाडौँ, ६ असोज – नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको लेखन रहेको राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना बोलको गीत तथा भिडियो सेनाको हेडक्वाटर जंङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथि प्रभुराम शर्माले सार्वजनिक गरेका हुन् ।

नेपाली सेनाले विगतमा गरेका क्रियाकलाप र योगदानको चर्चा गरिएको गीतमा गीतकार उपरथी बाबुराम श्रेष्ठले भने देशको संविधानले दिएको विभिन्न जिम्मेवारी बहन गर्न नेपाली सेनाले आजसम्म कुनै कसर बाँकी राखेको छैन, उनले अगाडि भने ‘नेपाली सेनाका कर्तव्यपरायण कर्मठ सैनिकहरु तथा हाम्रा पुर्खाहरूको योगदान र बलिदानका बारेमा सबै नेपाली नागरिकको बुझाइमा एकरूपता पाइँदैन । अहिले सूचना र सञ्चारको युग भएकोले नेपाली सेनाको योगदानलाई शब्द मार्फत गीतमा ल्याउन प्रेरणा मिलेको उनले धारण राखे ।

यस राष्ट्रिय गीतमा युवा संगीतकर राजेन्द्र बजगाइले अत्यन्त सुमधुर संगीत संयोजन गरी माधुर्यता प्रदान गर्नुभएको छ भने गायिका गीता पाण्डे साथै गायक सुभाष तिम्सिनाले शब्द शब्दमा डुबेर आफ्नो स्वरको जादु चलाउनुभएको छ ।

गीतको संगीत संयोजना दिनेश सुनामले गरेका छन् । गायिका गीता पाण्डे यस्तो गीत गाउन पाउनु आफ्नो एक दशक भन्दा बढीको साधना सफल भएको बताउनु भयाे ।

Facebook Comments Box