आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं, ९ चैत – आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान र देशका बाँकी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ।

यसबाहेक दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली  रही देशका बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना त छ तर सम्भावना निकै कम छ। ‘पानी परे पनि पूरै काठमाडौँ उपत्यकामा पर्दैन, खण्डखण्डमा क्षणिक वर्षा हुन सक्छ’, उनले भनिन्।

महाशाखाका अनुसार आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ। यसबाहेक राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

Facebook Comments Box