विशेष अदालतका चारवटा फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ, २३ फागुन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतका चारवटा फैसलामाथि पुनरावलोकन गर्न माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।
अख्तियारबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेषबाट भएका फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरेको हो।
अख्तियारबाट दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी लाभ तथा हानी, सार्वजनिक सम्पत्ति हानिनोक्सानी, राजस्व हिनामिना र गलत लिखत सम्बन्धी मुद्दा छन्। ती मुद्दाहरुमा आयोगको निर्णय अनुसार आज (फागुन २३ गते) सर्वोच्चमा पुनरावेदन गरिएको हो।
Facebook Comments Box

