काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस

काठमाडौँ, २५ मंसिर – काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको हो।

हिजाे शनिबार भने उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो। अहिले बिहान ८:४५ बजे देशका अन्य स्थानका न्यूनतम तापक्रम सार्वजनिकसँगै उपत्यकाको न्यूनतम तापक्रम पनि अपडेट गरिनेछ।

Facebook Comments Box