पछिल्लो २४ घण्टामा देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १७ मङ्सिर – पछिल्लो २४ घण्टामा देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८ आरटी पीसीआर तथा ३३५ एन्टीजेन परिक्षण सहित ८४३ जनाको परिक्षण गर्दा थप ३ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५३ हजार १०५ रहेको छ भने सक्रिय संक्रमितको संख्या १२१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८८ हजार ७६३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १९ पुगेको छ ।

Facebook Comments Box