स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया तथा सर्वोन्द्र खनाल नेकपा एमाले प्रवेश
काठमाडौं, ६ असोज – काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँ पनि एमाले प्रवेश गरेका हुन् ।
मिया यसअघि साझा विवेकशील पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । त्यस्तैगरी पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वोन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्याल, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् ।
Facebook Comments Box

