ताइवानको संसदमा पेलोसीको सम्बोधन, चीनले माग्यो अमेरिकी राजदूतसँग जवाफ

काठमाडौँ, १८ साउन – अमेरिकाको तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवानको संसदमा सम्बोधन गरेकी छिन्। बुधबार संसदमा सम्बोधनको क्रममा उनले आफूले अमेरिका र ताइवानबीच संसदीय आदानप्रदान बढाउन चाहेको उल्लेख गरेकी छिन्। पेलोसीले ताइवान विश्वको सबैभन्दा स्वतन्त्र समाजमध्येको एक रहेको उल्लेख गरेकी छिन्।

पेलोसीले आगामी दिनमा अमेरिकाले ताइवानसँग विज्ञान प्रविधि तथा अनुसन्धानको क्षेत्रमा ठूलो लगानीको लागि सहकार्य गर्ने उल्लेख गरेकी छिन्। यसैबीच चीनको विदेश मन्त्रालयले पेलोसीले ताइवान भ्रमणबाट जवाफ माग्दै अमेरिकी राजदूत नेकोलास बर्न्सलाई बोलाएको छ। चिनियाँ उप विदेशमन्त्री सिए फेङले पेलोसीको भ्रमणलाई अनैतिक भ्रमणको संज्ञा दिँदै यो भ्रमणले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन्। उनले चीन त्यतिकै चुप लागेर नबस्ने स्पष्ट पारेका छन्।

Facebook Comments Box