काठमाडौँमा उपत्याकामा २३१ जना सहित देशभर थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाकाे मृत्यु
काठमाडौँ, १० साउन – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा २३१ जना सहित देशभर थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार २१५ आरटी पीसीआर तथा २ हजार ८४० एन्टीजेन परिक्षण सहित ५ हजार ५५ जनाको परिक्षण गर्दा थप ६३८ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३३० रहेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २१८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६८ हजार ८०२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाकाे मृत्यु भएकाे स्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५९ पुगेको छ ।

