जसपाका चार नेता एमाले प्रवेश

काठमाडौँ, ३१ असार – जनता समाजवादी पार्टीका दुई केन्द्रीय सदस्य तथा दुईजना मधेश प्रदेश सदस्य नेकपा (एमाले) मा प्रवेश गरेका छन्।जसपाका संघीय परिषद् सदस्यद्वय भोला मिश्र र अमरेन्द्र कुमार झा तथा मधेश प्रदेश सदस्य ममता मिश्र पाठक र विमला भट्टराई एमाले प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई आज पार्टी कार्यालय च्यासलमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले स्वागत गरे।

एमालेमा प्रवेश गरेका जसपाका संघीय परिषद् सदस्य भोला मिश्रले जसपाको मूल नेतृत्वमा दम्भ, जातीय संकीर्णता र एकात्मकवादी चिन्तन रहेका कारण पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको बताए। जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईबीच विवाद बढ्दै जाँदा साे दल विभाजन हुन पुगेकाे छ।

Facebook Comments Box