२५ सय मेट्रिक टन युरिया मल नेपाल भित्रियाे

काठमाडौं, १० असार – २५ सय मेट्रिक टन युरिया मल नेपाल भित्रिएको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट ल्याउँदै गरेको कुल २४ हजार ५०० मेट्रिक टन मध्ये २ हजार ५०० मेट्रिक टन मल विरगञ्ज आइपुगेको हो ।

बाँकी २२ हजार मेट्रिक टन मल पनि कल्कत्ता आइपुगिसकेको र अबको साता दिनमा सो मल समेत नेपाल भित्रिसक्ने साल्ट ट्रेडिङका क्षेत्रीय प्रवन्धक ब्रिजेशकुमार झाले जानकारी दिए ।

झाका अनुसार विराटनगर भन्सार हुँदै केही रासायनिक मल समेत आयात हुँदैछ । कुल आयातको ३० प्रतिशत मलको जिम्मा साल्ट ट्रेडिङले पाएको हो । बाँकी ७० प्रतिशत मल आयात भने कृषि सामाग्री कम्पनी लिमिटेडले गर्नेछ ।

Facebook Comments Box