आज प्रदेसकाे एक वा दूई स्थानमा मेघगर्जन/चट्याङ र हावा/हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, १९ जेठ – जल तथा मौसन पूर्वानुमान महाशाखाले अहिले प्रदेश १, मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने, देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
त्यस्तै, आज दिउँसो प्रदेश १, मधेश प्रदेशलगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघगर्जन/चट्याङ र हावा/हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी आज राति प्रदेश १, मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ र हावा-हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

