स्कटल्याण्डलाई हराउँदै युक्रेन फिफा विश्वकप छनोटको प्ले अफ फाइनलमा
काठमाडौँ, १९ जेठ – युक्रेन फिफा विश्वकप छनोटको प्ले अफ फाइनलमा पुगेको छ। गएराति भएको खेलमा स्कटल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै युक्रेन प्ले अफ फाइनलमा पुगेको हो ।
अब युक्रेनले प्ले अफ फाइनलमा वेल्सको सामना गर्नेछ । विजेताले कतार विश्वकपमा स्थान बनाउने छन् । खेलको ३३ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए ।
४९ औं मिनेटमा रोमन यारेम्चुकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ७९ औं मिनेटमा कलुम म्याकग्रेगोरले गोल गर्दै स्कटल्याण्डलाई २-१ को स्थितिमा ल्याए ।
तर, खेलको इन्जुरी समयमा आर्टिम डोभयकले गोल गर्दै युक्रेनलाई ३-१ को सहज जित दिलाए । दुई टोलीबीचको खेल यस अघि नै हुनुपर्ने थियो । तर, रुस र युक्रेनबीचको युद्दको कारण ढिला भएको हो ।
Facebook Comments Box

