तारा एयरको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका २२ जनाको शव काठमाडौं ल्याइँदै

काठमाडौं, १६ जेठ – मुस्ताङमा आइतवार तारा एयरको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका २२ जनाको शव काठमाडौं ल्याइँदैछ।

सोमबार दिउँसो मुस्ताङबाट हेलिकोप्टरमा पोखरा झारिएका शव अहिले त्रिभुवन विमानस्थलमा ल्याइँदैछ। त्यहाँबाट सबै शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिने भएको छ ।

शव ल्याइने भएपछि अहिले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा शोकाकुल आफन्त जम्मा हुन थालेका छन्। आफन्तहरूलाई यति एयरका गाडीहरुमार्फत विमानस्थलमा लगिएको हो। त्यहाँ पुगेका आफन्त शोकमग्न भएका छन्।

Facebook Comments Box