मतदान कार्य कहीँ पनि स्थगित भएकाे छैन : प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलिया

काठमाडौं, ३० वैशाख – प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले मतदान कार्य कहीँ पनि स्थगित नभएको जनाएका छन्। मतदानका क्रममा थुप्रै स्थानमा झडप र विवाद भएका छन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिका १७ मा मतदान रोकिएको जनाएको छ।

तर, सामान्य विवादका कारण मतदान रोकिएका स्थानमा पनि मतदान फेरि सुरु भएको प्रमुख आयुक्त थपलियाले ट्विटरमार्फत जनाएका छन्। ‘अहिलेसम्म केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ,’ थपलिया ले लेखेका छन्, ‘केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुनेक्रम जारी छ। कुनै पनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन।’

Facebook Comments Box