सत्ता गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही हुन्छ : शेरबहादुर देउवा
काठमाडौं, २४ वैशाख – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनविरुद्ध बोल्नेलाई पनि कारबाही हुने चेतावनी दिएका छन्।
शनिबार पाँच दलीय गठबन्धनले जनकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध नबोल्न सचेत गराएका हुन्। ‘गठबन्धनविरुद्ध उम्मेदवारी दिने र बोल्नेका लागि पार्टीमा कुनै स्थान छैन’, देउवाले भने, ‘कारबाही गरेर निकाल्छौं।’
‘गठबन्धनको पक्षमा माहोल छ, चितवनमा विपक्षमा पनि बोल्नेहरु हावा खाइसके’, उनले भने, ‘अब झण्डा बोकेर हिँड्छन् , कुनै समस्या छैन।’ यस्तै प्रधानमन्त्री देउवाले अब नागरिकताको समस्या पनि समाधान हुने आश्वासन दिए।
Facebook Comments Box

