निर्वाचन आयोगले चुनावी क्रियाकलापको खर्च बैंक खातामार्फत मात्रै गर्न पुनः सचेत

काठमाडौं, २१ वैशाख – निर्वाचन आयोगले पालिका चुनावका उम्मेदवारले चुनावी क्रियाकलापको खर्च बैंक खातामार्फत मात्रै गर्न पुनः सचेत गराएको छ ।निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले चुनावी खर्च गर्दा बैंकमा खाता खोलेर गर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्ने व्यवस्था कार्यान्वयन गर्न आयोगले सबै दल र उम्मेदवारलाई पुनः सचेत गराएको हो ।

त्यस्तै, पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा त्यो रकम बुझेको रसिद वा भरपाइ दिएर उम्मेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाइ राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्ने पनि आयोगले जनाएको छ ।

Facebook Comments Box