एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा, चार स्थानका चुनावी सभालाई सम्बोधन गर्ने

झापा, २० वैशाख – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आइपुगेका छन् । अध्यक्ष ओलीले झापाको चार स्थानका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एमाले झापाका अनुसार आज भद्रपुरको ज्ञानुचोकमा ओलीले पहिलो सम्बोधन गर्नेछन् । यस्तै, हल्दिबारी १ गोल्धापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे, र बिर्तामोडमा साढे ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले झापा जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

स्थानीय तह निर्वाचन आउन भने १० दिन बाँकी छ । अध्यक्ष ओलीलाई गृह जिल्लामा निर्वाचन जिताउन पाँच दलीय गठबन्धन र राप्रपाका कारण चुनौती थपिँदै गएको छ।

ओलीको गृहनगर दमकमा पाँच दलीय गठबन्धनले राप्रपासँग सहकार्य गरेको छ । जसले यसपटक एमालेलाई चुनौती थपिएको छ । अघिल्लो पटक झापाको स्थानीय तहमा पनि एमाले पहिलो दल बनेको थियो ।

Facebook Comments Box