आईपीएलमा लखनऊ सुपर जायन्ट्सले पञ्जाब किंग्सलाइ २० रन पराजित गर्याे

काठमाडौं, १७ वैशाख – इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबार भएको खेलमा लखनऊ सुपर जायन्ट्सले पञ्जाब किंग्समाथि २० रनको जित हात पारेको छ।

शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बानाएको थियो। लखनउका लागि क्विन्टन डि ककले सर्वाधिक ४६ रनको पाली खेले। पञ्जाबका लागि कागिसो रबाडाले ४ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो। पञ्जाबका लागि मयांक अग्रवालले २५ तथा जोनी बेइस्ट्रोले ३२ रन बनाए पनि उनीहरुले टोलीलाई जितसम्म भने पुर्‍याउन सकेनन्। यससँगै लखनउले लिगमा ९ खेलबाट १२ अंक जोडेको छ। पञ्जाबले समान खेलबाट ८ अंक हात पारेको छ।

Facebook Comments Box