उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक सुरु

काठमाडौं, १० वैशाख – महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक सुरु भएको ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वर्तमान र पूर्व पदाधिकारीबीचको छलफल सुरु भएको हो । शीर्ष नेताको बैठकमा नेता शेखर कोइरालालाई पनि बोलाइएको एक नेताले जानकारी दिए । शीर्ष नेताबीच सहमति जुटेपछि शनिबार नै कार्यसम्पादन समितिको बैठक बस्ने नेताहरुले बताएका छन् ।

Facebook Comments Box