भक्तपुरमा बिस्केट जात्राको रथको पाङ्ग्राले चेपिएर एक जनाको मृत्यु

भक्तपुर, ५ वैशाख – भक्तपुरमा बिस्केट जात्राको रथको पाङ्ग्राले चेपिएर एक जनाको मृत्यु भएको छ । बिस्केट जात्राको अन्तिम दिन सोमबार पौने पाँच बजे गहिटीबाट बंशगोपाल तर्फ लैजाँदै गरेको रथ नासमाना चोकमा पुग्दा सूर्यविनायक नगरपालिका-५ का ७१ वर्षका दुर्गामान कस्पाललाई पाङ्ग्राले चेपेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जानकारी दिए ।

पांग्राले चेपेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा साढे ६ बजे मृत्यु भएको हो ।

Facebook Comments Box