आईसीसी एकदिवसीय वरीयतामा नेपालको स्थान खस्कियाे
काठमाडौं, १५ चैत – आईसीसी एकदिवसीय वरीयतामा नेपालको स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार अपडेट गरेको नयाँ वरीयतामा नेपाल १८औं स्थानमा झरेको छ । यसअघि १६औं स्थानमा रहेको नेपाल दुई स्थान तल झरेको हो ।
पछिल्लो समय एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको प्रदर्शन राम्रो हुन नसक्दा त्यसको असर वरीयतामा परेको हो । नेपालले युएईमा आईसीसी क्रिकेट विश्वकप लिग टूमा चार मध्ये दुई खेलमा जित र दुईमा हारको नतिजा निकालेको थियो ।
Facebook Comments Box

