वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले मूल्यवृद्धिका कारण पेस गर्न निर्देशन

काठमाडौं , ९ चैत – वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले फलामे छड (डन्डी)को भाउ बढ्नुका कारण पेस गर्न डन्डी उद्योगीलाई निर्देशन दिएको छ । डन्डीको भाउ बढेको गुनासो आउन थालेपछि विभागले डन्डी उद्योगीलाई बढ्नुको कारण आवश्यक कागजातसहित उपस्थिति हुन निर्देशन दिएको हो । निर्माण व्यवसायीले मूल्य बढ्यो भन्दै विभागमा उजुरी गरेपछि विभागले मङ्गलबार उद्योगीसँग गरेको छलफलपछि यस्तो निर्देशन दिएको विभागले जनाएको छ ।

विभागका अनुसार छलफलमा नेपाल स्टील रोलिङ मिल एसोसिएसनका अध्यक्ष साहिल अग्रवालको नेतृत्वमा तीन÷स्टल उद्योग सञ्चालनको सहभागिता रहेको थियो ।छलफलमा सहभागी उद्योगीले डन्डीको मूल्य बढ्नुका कारण नेपाली उद्योगीले गर्दा नभएर विदेश आउन कच्चा पदार्थको मूल्य बढेको बताएको विभागले जनाएको छ । कोभिडपछि डन्डीको भाउ नेपालमा मात्रै नभई, अन्तर्राष्ट्रिय बजारमै बढेको देखिन्छ ।

विभागका बजार निरीक्षण अधिकृत धनेश्वर पौडेलले डन्डी उद्योगीसँगको छलफलपछि डन्डीको मूल्य बढ्नुको कारणसहितका कागजातका प्रमाण पेस गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “हामीले सक्दो छिटो कारण पेस गर्न निर्देशन दिएका छौँ, कच्चा पदार्थ बढेर भनेरमात्रै हुँदैन, कच्चा पदार्थमा बढेको मूल्य र यहाँ उत्पादन गर्दा बढेको लागतको सबै रिपोर्ट मागेका छौँ, चित्त बुझ्दो हुनुपर्छ । ”

डन्डीको मूल्य अन्तर्राष्ट्रियस्तरमै महँगो भएको विभागको अनुगमनबाट पनि पाइएकाले कति बढ्नुपथ्र्यो र कति बढ×ो भन्नेमात्रै अहिलेको खोजीको विषय भएको उहाँको भनाइ छ । पौडेलले पछिल्ला दुई÷तीन महिनामा डन्डीको मूल्य प्रतिकेजी ३० देखि ३५ रुपियाँसम्म बढेको पाइएकाले यसको जवाफमा रिपोर्टमा आउने विश्वास व्यक्त गर्नुभयो ।

यसबीचमा उहाँहरूसँग पनि हामीले रिपोर्ट मागेका छौँ, त्यो हेर्छौं र हामीले पनि डन्डीका मन्डीको अनलाइनबाट अवलोकन गरेर वास्तविकता पत्ता लगाउने कोसिस गर्छौं उहाँले थप्नुभयो ।उहाँले सातवटा उद्योगीसँग मात्रै छलफल गरेर पनि सबै उद्योगीसँग विवरण माग गरिने महँगो हुनुका कारण चित्तबुझ्दो नभए कानुनअनुसार कारबाही प्रक्रियामा जाने बताउनुभयो । निर्माण व्यवसायीले भने डन्डीमा महिनैपिच्छे मूल्य वृद्धि भएको भन्दै विरोध गर्दै आएका छन् ।रुस–युुक्रेनको युुद्ध र डलर वृद्धिका कारण देखाउँदै निर्माण सामग्रीमा एकतर्फी रूपमा कार्टेलिङ गरी अत्यधिक रूपले मूल्यवृद्धि गरिएको निर्माण व्यवसायीको दाबी छ ।

Facebook Comments Box