नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित

काठमाडौं, ३० फागुन – नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन्। दोस्रो चरणको मतदानबाट लामाले संस्थापनइतरका उम्मेदवार बंशलाल तामाङलाई पराजित गरेका हुन् । जम्मा १७८७ म खसेकोमा विजयी भएका लामाले ९१२ मत ल्याए।

उनका प्रतिस्पर्धी तामाङले ८४८ मत पाए । लामा पूर्वमन्त्री मोहन बस्नेत निकट हुन् । पराजित तामाङ इन्द्रावती गाउँपालिका अध्यक्षसमेत हुन्। पहिलो चरणको मतदानमा डा. प्रेमध्वज लामा तेस्रो स्थानको मत ल्याई निर्वाचनबाट बाहिरिएका थिए। उनी पनि संस्थापन पक्षकै उम्मेदवार थिए ।

सभापतिका तीन उम्मेदवारले पहिलो चरणको मतदानमा ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन: मतदान भएको थियो।

Facebook Comments Box