काठमाडौँ उपत्यकामा २९ जना सहित देशभर थप ८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २९ जना सहित देशभर थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२, भक्तपर १ र ललितपुरमा ६ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ६ हजार १४५ आरटी पीसीआर तथा २ हजार ४९३ एन्टीजेन परिक्षण सहित ८ हजार ६३८ जनाको परिक्षण गर्दा थप ८८ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार १३४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ७६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५९ हजार ४ सय ६९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९४८ रहेको छ ।

Facebook Comments Box