काठमाडौँ उपत्यकामा ३५ जना सहित देशभर थप १२६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २० फागुन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३५ जना सहित देशभर थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २५, भक्तपर ४ र ललितपुरमा ६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ९१ आरटी पीसीआर तथा १ हजार ८४२ एन्टीजेन परिक्षण सहित ८ हजार ९३३ जनाको परिक्षण गर्दा थप १५८ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ८८७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार २४२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ८५ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५८ हजार ८ सय ९३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९४५ रहेको छ ।

