आज देसकाे उच्च पहाडी र पहाडी भेगमा आंशिक बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, २० फागुन – नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाले आज जनाए अनुसार उच्च पहाडी भेगमा आंशिकदेखि सामान्य र पहाडी भेगमा आंशिक बदली रही देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्य तथा देशका बाँकी स्थानमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ। यस क्रममा पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको छ। साथै उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी तथा हिमाली भेगमा आंशिक र देशका बाँकी स्थानमा मौसम सामान्यता सफा रहने अनुमान गरिएको छ। महाशाखाका अनुसार यस क्रममा देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भने हल्का हिमपात हुने सम्भावना छ।

