आज देखि अग्रपंक्तिमा खटिनेहरूलाई कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउँदै

काठमाडौँ, २ माघ – आज माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरूलाई सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अग्रपंक्तिमा खटिनेहरूलाई आज माघ २ गते र ६० वर्षभन्दा माथि उमेरका नागरिकलाई माघ १४ गते बुस्टर डोज खोप लगाउन सुरु गर्न लागिएको हो।

यसका लागि मन्त्रालयले शुक्रबारै सबै प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र पठाई निर्देशन दिइसकेको छ। पहिला जुन कम्पनीको खोपको पूरा मात्रा लगाएको हो, बुस्टर डोज दिँदा पनि त्यही खोप दिन भनिएको छ। पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ।

खोपको पूरा मात्रा लगाइसकेर पनि थप (अतिरिक्त) खोप लगाउनुलाई बुस्टर डोज भनिन्छ। यसो गर्दा कोरोना संक्रमणको जोखिम कम गर्न सकिने विज्ञहरूको भनाइ छ।

Facebook Comments Box