काठमाडौँ उपत्यकामा १ हजार ५३८ जना सहित देशभर थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २८ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५३८ जना सहित देशभर थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १६८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ५१ आरटी पीसीआर तथा ३ हजार ९८५ एन्टीजेन परिक्षण सहित १३ हजार ३६ जनाको परिक्षण गर्दा थप ३ हजार ७५ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ३६ हजार ९६९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ११ हजार ६९० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २७८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १५ हजार ७६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६०९ रहेको छ ।