काठमाडौँ उपत्यकामा १ सय ५४ जना सहित देशभर थप २३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १६ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ५४ जना सहित देशभर थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११४, भक्तपुरमा ८ र ललितपुरमा ३२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ८८५ आरटी पीसीआर तथा १ हजार १९९ एन्टीजेन परिक्षण सहित ९ हजार ८४ जनाको परिक्षण गर्दा थप २३५ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ६३३ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २१२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ११ हजार ९५८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका ४ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५९४ रहेको छ ।

Facebook Comments Box