कोरोना खोप बेचेको आरोपमा दुई जना पक्राउ

जनकपुरधाम, २७ मंसिर – सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको कोरोना खोप बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिष्टेन्ट अजय कुमार साह र उनका सहयोगी कृष्णकुमार यादव छन् ।

साह र यादवले १५ हजार रुपैयाँ लिएर जोन्सन एण्ड जोन्सन खोप बेचिरहेको अवस्थामा अख्तियारको काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो । ३ वटा खोपसहित पक्राउ परेका दुई जनाबिरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यसअघि धनुषाकै शहीदनगर नगरपालिका ३ यदुकोहास्थित श्रीराम हेल्थ केयरमा कोरोनाबिरुद्वको खोप फेला परेको थियो । ४ थान भेरोसेल, १ थान जोन्सन एन्ड जोन्सन तथा १ थान अस्ट्राजेनेको खोप फेला परेपछि दुई जना पक्राउ परेका थिए ।

Facebook Comments Box